काठमाडौं । मधेस प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । शुक्रबार मुख्यमन्त्री सतिश सिंहले सपथ लिएसँगै थप १३ मन्त्री र राज्यमन्त्रीले सपथ लिएका हुन् ।
शुक्रबार एमालेबाट सरोजकुमार यादव( भौतिक पूर्वाधार विकास, राजकुमार लेखी( शिक्षा तथा संस्कृति, शत्रुधन सिंह( स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल( खेलकुद तथा समाज कल्याण मन्त्री नियुक्त भएका हुन् । एमालेबाट दुई जना राज्यमन्त्री पनि नियुक्त भएका छन् । जसमा शारदा थापा( स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र केशव राय( शिक्षा तथा संस्कृत राज्यमन्त्री नियुक्त भएका हुन् ।
त्यस्तै, माओवादी केन्द्रबाट भरतप्रसाद साह( अर्थ र युवराज भट्टराई( उद्योग वाणिज्य तथा पर्यटन मन्त्री नियुक्त भएका हुन् । गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने( भूमि व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेली( ऊर्जा तथा सिंचाइ मन्त्री नियुक्त भएका हुन् ।
एक मात्रै सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी( गृह सञ्चार तथा कानुन मन्त्री नियुक्त भएकी छिन् । नागरिक उनमुक्ति पार्टीकी उर्मिला देवी सिंह( श्रम तथा यातायता मन्त्री नियुक्त भएकी छिन् । त्यस्तै, जनमत पार्टीकी रञ्जु खंग राज्यमन्त्री नियुक्त भएकी छिन् । तर, उनको मन्त्रालय भने तोकिएको छैन । नवनियुक्त सबै मन्त्री तथा राज्यमन्त्रीले सपथ लिइसकेका छन् ।



प्रतिक्रिया