मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी उड्न लागेको श्री एअरको जहाजलाई धावनमार्गबाटै फर्काइयो

धनगढी उड्न लागेको श्री एअरको जहाजलाई धावनमार्गबाटै फर्काइयो

न्यूजस्टोरी

काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाजको उडानमा रोक लगाइएको छ । धावनमार्ग पुगिसकेको जहाजलाई पुनः पार्किङमा फर्काइएको हो । त्रिभुवन विमानस्थलका अनुसार एसएचए २२१ उडान नम्बरको जहाज धावनमार्गबाट उड्न रोक लगाउदै फर्काइएको छ ।

जहाजभित्र इन्धनको गन्ध आएपछि प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको सुरक्षा स्रोतले जनाएको छ । उडान तालिका अनुसार सो जहाज काठमाडौं बाट बिहान साढे ८ बजे उड्नुपर्ने थियो ।