मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा उत्साह कायमै, कारोबार रकम ५ अर्ब ८५ करोड

नेप्सेमा उत्साह कायमै, कारोबार रकम ५ अर्ब ८५ करोड

न्यूजस्टोरी

काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि नेप्सेमा उत्साह कायमै रहेको छ । कारोबारको पहिलो दिन भारी अंकले बढेर बन्द भएको नेप्से सोमबार पुन बढेर हरियाली भएको छ ।

सोमबार नेप्से परिसूचक २७ दशमलव ५४ अंकले बढेर २००९२ विन्दुमा पुगेको छ । ३ सय १५ कम्पनीका ८० हजार ९ सय ८२ पटकको कारोबारमा १ करोड ४३ लाख ७० हजार ६ सय ८९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २ सय १२ रुपैयाँ रहेको छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ३१ अंकले बढेर ३७४ दशमलव ०७ को विन्दुमा पुगेको छ ।

आज माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरको रहेको छ । १३ उपसमूहमध्ये ८ वटाको परिसूचक घटेको छ भने ५ वटाको परिसूचक बढेको छ । सर्वाधिक कमाउनेमा बैंकिङ सबइन्डेक्स रहेको छ, जसले ४ दशमलव १८ प्रतिशतले आफ्नो सेयर बढाउन सफल भएको छ भने सर्वाधिक गुमाउनेमा लाइफ इन्सुरेन्स रहेको छ । जसले आज ० दशमलव ०८ प्रतिशतका दरले गुमाएको छ ।