काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार, नेप्से परिसूचक ०.७९ अंकले उकालो लागेर २०१८.७६ को विन्दुमा पुगेको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२७ अंकले उकालो लागेर २५८.३७ मा पुगेको छ। कुल ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर चार अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँ बराबर कारोबार भएको छ।
हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। स्वाभिमान लघुवित्त ९.९४, सीईडीबी हाइड्रोपावरका लगानीकर्ताले ९.६१ प्रतिशतले कमाएका छन्।
यस्तै, माण्डु हाइड्रोपावर ५.७६, पिपल्स पावर ५।२६, नेपाल फाइनान्स ४.१२, एभरेस्ट बैंक ३.९४ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ३.९२ प्रतिशतले गुमाएका छन्।


प्रतिक्रिया