मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५५ लाखको अवैध लत्ताकपडा सहित ट्रक प्रहरी नियन्त्रणमा

५५ लाखको अवैध लत्ताकपडा सहित ट्रक प्रहरी नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छतकुली
वीरगन्ज, ३० चैत्र । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जले भन्सार छलि ल्याएको अवैध लत्ताकपडा, अटो सहित एकजना ब्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले भन्सार छलि भित्राएको लत्ताकपडा सहित वीरगन्ज वडा नम्बर १० गाहवाका विरेन्द्र साहलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी गुल्म वीरगन्जका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ना १ ह ८९८१ नम्बरको अटो चेकजाँच गर्दा भन्सार छलि ल्याएको करिब २ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित अटो नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएको ब्यक्तिलाई आवशयक कारवाहीका लागि भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरीका डिएसपी रिजालले जानकारी दिनुभयो ।
त्यसैगरी, सशस्त्र प्रहरी बल गुल्म वीरगन्जले भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ठुलो मात्रामा फुलको माला समेत नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा भन्सारको मेन गेट स्थित खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि ल्याउदै गरेको करिब ४० हजार रुपैया बराबरको फूलको माला बरामद गरेको छ ।

वीरगन्ज भन्सारको मुल गेटको अगाडीबाट नेपाल तर्फ भन्सार छलि ल्याउँदै गरेका बिभिन्न किराना सामान, जुत्ता चप्पल, हार्डवयर, मोटर पार्टस र कस्मेटिक आईटम गरि करिब ४ लाख ३४ हजार ८ सय १० रुपैया बरामद गरि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको पनि डिएसपी रिजालले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल गुल्म भन्सारबाट ईदगाह चोकमा खटिएको सशस्त्र प्रहरीको टोलीले आईसिपीबाट आदर्शनगर तर्फ आउँदै गरेको ना ४ ख ९४३५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा विलबिजक भन्दा बढी फरक भएको आशंकामा ट्रकलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीले बिलबिजक भन्दा बढी समान बोकेको आशंकामा ट्रक नियन्त्रणमा लिएर आवश्यक कारवाहिका लागि राजश्‍व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाएको जनाएको छ ।