मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यानचेस्टर युनाइटेड ४-३ गोलअन्तरले पराजित

म्यानचेस्टर युनाइटेड ४-३ गोलअन्तरले पराजित

न्यूजस्टोरी

इंग्लिस प्रिमियर लिगमा बुधबार राती भएको खेलमा  म्यानचेस्टर युनाइटेडलाई ४-३ गोलअन्तरले पराजित गर्दै चेल्सीले रोमान्चक जित निकालेको  छ ।  चेल्सीको लागि कोल पाल्मरले इन्ज्युरी समयमा २ को मदतले गोल ह्याट्रिक पूरा गरे ।खेल सुरु भएको चौथो मिनेटमानै चेल्सीका गालाघरले गोल गर्दै १-० को अग्रता हासिल गराएका थिए । खेलको १९ औं मिनेटमा पाएको पेनाल्टीको अवसर पाल्मारले खेर फालेनन र खेलमा चेल्सीले दोश्रो पटक अग्रता लियो ।

पहिलो हाफको ३४ औं मिनेटमा गार्नाचो र ३९ औं मिनेटमा फर्नान्डेजले गोल गरेपछी पहिलो हाफ २-२ को बराबरीमा सकियो ।
खेलको दोश्रो हाफको ६७ औं मिनेटमा गार्नाचोलो ब्यक्तिगत दोश्रो गोल गरेपछी युनाइटेड ३-१ को अवस्थामा पुग्यो ।

तर खेलको नाटकीय मोड इन्ज्युरी समयमा आयो। इन्ज्युरी समयको १० औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै चेल्सी ३(३ को बराबरीमा पुग्यो ।

इन्ज्युरी समयको ११ औं मिनेटमा पाल्मरले पुनः गोल गरेपछि चेल्सीले युनाइटेडबाट महत्वपूर्ण ३ अंक खोस्न सफल बन्यो । २९ खेलपछि चेल्सी ४३ अंकसहित १०औं स्थानमा उक्लिएको छ । छैटौं स्थानको युनाइटेड ३० खेलमा ४८ अंक छ ।