मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पीएनजीले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि

पीएनजीले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि

न्यूजस्टोरी

काठमाडौं, ३० फागुन । नेपाललाई हराउँदै पपुवा न्युगिनि (पीएनजी) ले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । आज भएको खेलमा पीएनजीले नेपाललाई ८६ रनले हरायो ।

पीएनजीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा अल आउट भयो । नेपालका सन्दीप जोराले सबैभन्दा धेरै १७ रन बनाए । पीएनजीका कबुआ मोरे, चाद सोपर र सेसे बाउले समान २ विकेट लिए ।

यसअघि हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा टस हारेर ब्याटिङ गरेको पीएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनायो । पीएनजीका टोनी उराले ६१ र एली नाओले अविजित ३० रन बनाए । नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए ।

हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको थियो ।

पीएनजीले हिजो दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको थियो । यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एकरएक अङ्क बाँडिएको थियो ।

यसैबीच शृङ्खलाको तेस्रो स्थानका लागि भएको खेलमा हङकङले हङकङ ए टोलीलाई ७० रनले हराएको छ । हङकङले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको हङकङ ए टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रनमात्र बनाउन सक्यो ।