मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्च ब्वाइजले जित्यो झापा गोल्डकपको उपाधि

चर्च ब्वाइजले जित्यो झापा गोल्डकपको उपाधि

न्यूजस्टोरी

काठमाडौं, २८ फागुन । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले छैटौँ झापा गोल्डकपको उपाधि जितेको छ ।

बिर्तामोडको डोमालाल रङ्गशालामा आज भएको फाइनलमा खेलमा चर्च ब्वाइजले एपीएफलाई ३–० गोलले हरायो । पहिलो हाफमा १ गोल गरेको चर्च ब्वाइजले दोस्रो हाफमा थप २ गोल गर्‍यो । चर्च ब्वाइजले खेलको ११, ७० र ८६ औँ मिनेटमा गोल गर्‍यो ।

यो जितसँगै चर्च ब्वाइझले १३ लाख र उपविजेता बनेको एपीएफले सात लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा १० वटा टोली सहभागी थिए ।