काठमाडौं, २७ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज उपाधि दाबेदारीमा रहेका लिभरपुल र म्यानचेस्टर सिटी खेल्दैछन् । यो खेल आजराति साढे ९ बजे शुरु हुनेछ ।
दोस्रो र तेस्रो स्थानमा रहेका लिभरपुल र म्यानचेस्टर सिटीको समान २७ खेलमा ६३ र ६२ अङ्क रहेको छ । आज लिभरपुलले जितेमा २८ खेलमा ६६ अङ्कका साथ शीर्ष र सिटीले जितेमा ६५ अङ्कका साथ शीर्ष स्थानमा पुग्नेछ । बराबरी भएमा भने आर्सनल नै शीर्ष स्थानमा रहनेछ ।
गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई हराउँदै अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको छ । आर्सनलको २८ खेलमा ६४ अङ्क छ । आजै एस्टनभिल्ला र टोटनहम, वेस्ट ह्याम र बर्नली तथा ब्राइटन र नटिङघम फरेस्टबीच पनि खेल हुनेछ ।


प्रतिक्रिया