मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनथराली विमानस्थल निर्माण शुरु भएको ३८ वर्षपछि उद्घाटन

सुनथराली विमानस्थल निर्माण शुरु भएको ३८ वर्षपछि उद्घाटन

न्यूजस्टोरी

कालीकोट, १४ फागुन । कालीकोटको सुनथराली विमानस्थल निर्माण शुरु भएको ३८ वर्षपछि उद्घाटन भएको छ ।

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती लगायतले आज विमानस्थलको उद्घाटन गर्नुभएको हो ।
आज विमानस्थलमा नेपाल एअरलाइन्स र यति एअरलाइन्सका दुई वटा विमान अवतरण भएका छन् । हिजो मात्रै विमानस्थलमा नेपालगञ्जबाट उडेको तारा एअरको जहाजले परीक्षण उडान गरेको थियो ।

२०४२ सालमा निर्माण शुरु भएको सुनथराली विमानस्थलको काम २०७९ साल माघ ११ गते सकिएको थियो । यसअघि तीन पटकसम्म मिति तोके पनि विमानस्थलको उद्घाटन हुन सकेको थिएन ।

२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रुपैयाँ रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु भएकोमा ३८ वर्षपछि काम सकिएर उद्घाटन हुँदा स्थानीयवासी खुशी भएका छन् ।