मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ए डिभिजन लिग यो वर्ष नहुने

ए डिभिजन लिग यो वर्ष नहुने

न्यूजस्टोरी

काठमाडौं, १४ फागुन । यस वर्ष ए डिभिजन लिग फुटबल नहुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार साधारण सभाबाट पारित गरेको वार्षिक कार्यक्रम अनुसार चालू आर्थिक वर्षमा ए डिभिजन लिग फुटबल नहुने भएको हो । एन्फाले अर्को वर्ष ए डिभिजन लिग फुटबल हुने गरि क्यालेन्डर बनाएको छ ।

एन्फाका अनुसार ए डिभिजन लिग अर्को वर्ष पुस १२ गतेदेखि प्रस्ताव गरिएको छ । ए डिभिजन लिग पुस १२ देखि जेठ १५ गतेसम्म सञ्चालन गर्ने एन्फाको क्यालेन्डरमा उल्लेख छ ।

अर्को वर्ष हुने लिग फुटबल डबल राउण्ड रोबिनका आधारमा सप्ताहव्यापी हुनेछ । शुक्रबार, शनिबार र आईबार समान दुई दुई खेल सञ्चालन गर्ने एन्फाको योजना छ ।

एन्फाले यस वर्ष जिल्ला लिग सहित सी र बी डिभिजन तथा महिला लिग सञ्चालन गर्ने गरि तालिका बनाएको छ ।