मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेस्सीमाथि खेलमा राजनीति मिसाउन खोजेको आरोप

मेस्सीमाथि खेलमा राजनीति मिसाउन खोजेको आरोप

न्यूजस्टोरी

काठमाडौँ २५ माघ । अमेरिकी फुटबल क्लब इन्टर मियामी हाल एसिया भ्रमणमा रहेको छ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीसहितको इन्टर मियामीले एसिया भ्रमणका क्रममा विभिन्न राष्ट्रका टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ । तर, हङ्कङ भ्रमणका क्रममा भने मेस्सीले मैत्रीपूर्ण खेल खेलेनन् । ह्यामस्ट्रिङ समस्याका कारण उनी खेल अवधिभर बेञ्चमै बसे । त्यसअघि साउदी अरेबियामा खेलिएको मैत्रीपूर्ण खेलमा भने उनी केही समय मैदानमा ओर्लिएका थिए ।
हङ्कङपछि मेस्सीसहित इन्टर मियामी जापान पुगेको थियो । जापानमा खेलिएको मैत्रीपूर्ण खेलमा पनि मेस्सी केही समय मैदानमा ओर्लिएका थिए । यो विषयलाई लिएर अहिले चीनमा मेस्सी र इन्टर मियामीको विरोध भइरहेको छ । चिनियाँ समर्थकहरुले इन्टर मियामी र मेस्सीमाथि खेलमा राजनीति मिसाएको आरोप लगाएका छन् । राजनीतिक कारणले नै मेस्सीले हङ्कङमा मैत्रीपूर्ण फुटबल नखेलेको आरोप चिनियाँ समथर्कहरुको छ ।
राज्य सञ्चालित मिडिया आउटलेट ग्लोबल टाइम्सले पनि मेस्सीले राजनीतिक कारणले नै हङ्कङमा मैत्रीपूर्ण खेल नखेलेको दाबी गरेको छ । हङ्कङमा मेस्सीको खेल हेर्न करिब ३८ हजार समर्थकले टिकट खरिद गरेका थिए । ३६ वर्षीय मेस्सीले नखेलेपछि ती समर्थकले आफ्नो पैसा फिर्ता हुनुपर्ने माग गर्दै आएका छन् ।