एजेन्सी । प्रिमियर लिग क्लब आर्सनल गत सिजन उपाधि नजिक पुगेर टाइटल जित्न सकेन । आर्सनल सिजनको अन्तिम समयमा आएर अन्तिम पाँच खेलमा दुई खेलमा जित निकाल्न सकेन ।
सोही कारण गत सिजन आर्सनलका लागि राम्रो रहेन । यो सिजन पनि आर्सनल सुरुवाती समयबाट बलियो भएर प्रस्तुत भएको थियो ।तर, पछिल्ला खेलहरुमा कमजोर बनेको आर्सनलले लगातार दुई खेलमा जित निकाल्दै आफूलाई उपाधि होडमा फर्काएको छ ।
आर्सनल प्रिमियर लिगमा २२ खेल खेलेर ४६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलले २१ खेलबाट ४८ अंक जोडेको छ ।
आर्सनलले मंगलबार राति भएको खेलमा नथिङघम फोरेस्टलाई २–१ गोल अन्तरले हराउँदै आर्सनलले आफ्नो लयलाई फर्काएको छ । अब यो लयलाई कायम गर्ने योजनामा रहेको छ ।
प्रिमियर लिगमा आइतबार हुने लिभरपुलविरुद्धको खेलमा जित निकाल्न सकेमा शीर्ष स्थानमा उक्लनेछ । आफ्नो उपाधि होड झनै बलियो बनाउन लिभरपुलसँगको खेलमा जित निकाल्ने योजनामा आर्सनल छ ।


प्रतिक्रिया