मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो वर्षको एसईई चैतको पहिलो हप्ता हुने, परीक्षा नहुने हल्लाको पछि नलाग्न बोर्डको आग्रह

यो वर्षको एसईई चैतको पहिलो हप्ता हुने, परीक्षा नहुने हल्लाको पछि नलाग्न बोर्डको आग्रह

हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याए कक्षा ११ मा भर्ना हुन नपाइने

न्यूजस्टोरी


काठमाडौं, २५ पुस । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हुनेरनहुनेबारे दोधारमा नपर्न आग्रह गरेको छ ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय शिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले चैतको पहिलो हप्ता परीक्षा हुने भएकाले दोधारमा नपर्न र परीक्षा नहुने हल्ला नगर्न आग्रह गर्नुभएको हो । उहाँले वार्षिक क्यालेन्डर अनुसार माघको पहिलो हप्ता रुटिन निकालेर चैतको पहिलो हप्ता परीक्षा हुने स्पष्ट पार्नुभयो ।

संसदमा छलफलका क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुनेरनहुने अन्योल रहेको थियो । तर अध्यक्ष शर्माले समितिमा छलफल भइरहेको विधेयकले परीक्षामा कुनै असर नगर्ने बताउनुभयो । उहाँले प्रश्नपत्र तयार पार्ने र रुटिन निकाल्ने काम बोर्डले गर्ने र व्यवस्थापन प्रदेशले गर्ने बताउनुभयो ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन भइरहेकाले त्यहाँ पनि समयमै परीक्षा हुने शर्माको भनाइ छ ।

यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने पनि बोर्डले स्पष्ट पारेको छ । यसअघि एसईईमा ग्रेडिङ सिस्टम रहेकोमा अब भने पुरानै नियम जसरी हरेक विषयमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्नेछ, ३५ ल्याउन नसक्नेले फेरि परीक्षा दिन पाउनेछन् ।