पर्शा, २४ पुस । सशस्त्र प्रहरीले ठुलो मात्रामा अवैधरुपले भित्राएको पशु चौपाया नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल पर्साले तस्करीको लागि भित्राएको २० वटा पशु चौपाया नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको मोबाईल टोलीले वीरगंजको रामगढवा नजिकैबाट भन्सार छलि अवैध रुपमा भित्राएको पशु चौपाया नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साका प्रबक्ता एवम सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिनुभयो ।
११ भैसी र ९ं पाडा गरि जम्मा २० वटा पशु चौपाया नियन्त्रणमा लिएको हो । १० लाख मुल्य बराबरका भैसी वीरगन्ज भन्सारको रोहबरमा लिलाम गरिएको सशस्त्र प्रहरीका डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया