रत्ननगर, २८ मंसिर । रत्ननगरको टिकौली चौरमा जारी दोस्रो रत्न प्रिय कप फुटबल अन्तर्गत बुधवार भएको खेलमा हेटौँडा फुटबल एकाडेमी विजयी भएको छ ।
आयोजक रत्न प्रिय क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै हेटौँडा फुटबल एकाडेमी विजयी भएको क्लवका अध्यक्ष वसन्त राना मगरले जानकारी दिए ।
बुधवारको खेलमा हार बेहोरे संगै आयोजक रत्न प्रिय क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।एकाडेमीका तर्फबाट अञ्जन बछार म्यान अफ दी म्याच घोषित भए । उनले रू १ हजार प्राप्त गरे ।उनलाई वडा नं ९ का वडा अध्यक्ष अनन्त अधिकारी, जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष तथा नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय महासचिव जोगेन्द्र महतो र समाजसेवी तथा खेल प्रेमी रमेश जंग थापाले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए।
चितवन सहित मकवानपुर, नवरपरासी गरी १० वटा टिम रहेको प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमलाई ७७ हजार ७ सय ७७ रूयैया पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक बिबेक अम्गाईले जानकारी दिए । बिहीवारको खेल आयोजक अभिषेक चर्ज रजहर र खेलकुद विकाश समित रत्ननगर- १२ बीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया