मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्जेन्टिनाका प्रशिक्षक स्कलनी राजीनामा दिने सोचमा

अर्जेन्टिनाका प्रशिक्षक स्कलनी राजीनामा दिने सोचमा

न्यूजस्टोरी

काठमाडौं, ७ मंसिर । फिफा विश्वकप विजेता अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कलनीले राष्ट्रिय टिमको जिम्मेवारीबाट राजीनामा दिनेबारे सोचिरहेको बताएका छन् ।

विश्वकप—२०२६ छनोट अन्तर्गत ब्राजिललाई माराकाना स्टेडियममा १—० गोलले पराजित गरेपछि स्कलनीले प्रशिक्षकबाट हट्ने भन्दै सबैलाई आश्चर्यमा पारेका छन् । राष्ट्रिय टिमलाई लिएर धेरै अपेक्षा बढेको भन्दै नयाँ उर्जा र जोश भएका प्रशिक्षक आवश्यक रहेको उनको भनाइ थियो ।

४५ वर्षीय स्कलनीले सन् २०२१ मा २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि जिताएका थिए । उनकै नेतृत्वमा सन् २०२२ डिसेम्बरमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकप उपाधि पनि जित्यो । लियोनल मेसीको कप्तानीमा रहेको टिमले अर्जेन्टिनालाई समग्रमा तेस्रो र सन् १९८६ पछि पहिलो विश्वकप उपाधि दिलाएको हो ।

स्कलनीले सन् २०१८ मा टिमको प्रशिक्षकको जिम्मेवारी लिएका थिए । अर्जेन्टिनाले ब्राजिलसँग विश्वकप छनोटको अवे खेलमा पहिलो पटक जित हात पारेको हो । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना ६ खेलबाट १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।