मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कटुवा पेस्तोल सहित २ जना पक्राउ

कटुवा पेस्तोल सहित २ जना पक्राउ

न्यूजस्टोरी

वीरगंज १३ कातिक। वीरगंजको ड्राईपोर्ट चौकबाट हातहतियार सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीले १थान कटुवा पेस्तोल सहित वीरगंजका दुई जनालाई युवकलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकी सिर्सिया का प्रमुख एवम प्रहरी बरिस्ठ नायब निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले ड्राईपोर्ट चौक स्थित सडकखण्डमा खटिएको चेकिङ् टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा बा.४४ प ४९१३ नम्बरको मोटर साईकललाई रोकी चेकजाँच गर्दा सवारी चालकले पिठमा बोकेको झोलाबाट १ थान कटुवा पेस्तोल पक्राउकाठमाडौं गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले बताउनुभयो।

कटुवा पेस्तोल सहित पक्राउ पर्नेमा वीरगंज वडा नम्बर २६ का साहिल अंसारी र सो वडाका सरफराज अंसारीलाई पक्राउ गरि हातहतियार सम्बन्धि कसुरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको पर्सा प्रहरी उपरीक्षक शाहले जानकारी दिनुभयो।