मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सा प्रहरीबाट हत्या अभियोगमा तीनजना पक्राउ

पर्सा प्रहरीबाट हत्या अभियोगमा तीनजना पक्राउ

न्यूजस्टोरी

शेखर छतकुली

वीरगंज, असोज १६ । पर्सा जगरनाथपुर गाउ“पालिका वडा नम्बर ५ मसिहानीमा असोज एक गते आफ्नै घरमा मृत भेटिएका ५२ बर्षिय कान्ति देवी बिनको हत्यामा उनका देवर र जेठाजुको संलग्नता रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । पर्सा प्रहरीलाई महिलाको घा“टी रेटी हत्या गरेको सूचना आउनासाथ प्रहरी उपरीक्षक कोमल शाह नेतृत्वको टोली तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो ।

मृतकका छोरा अर्जुन मुखिया वीन वैदेशिक रोजगारीबाट फर्किएपछि असोज ७ मा लालबाबु राउतविरुद्ध किटानी जाहेरी दिएका थिए । हत्याको आरोपमा प्रहरीले उनको जेठाजु, देवर र उनका एकजना आफन्त गरि हत्याको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको हो । लालबाबुको बयानको आधारमा उनका जेठाजुहरु चन्द्रिका राउत बिन, अमीरीका राउत बिन र देवर पर्ने लालबाबु बिनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रमुख शाहका अनुसार बिनको छोरा बैदेशिक रोजगारको सिलसिलामा बाहिर रहेकोले बिदेसबाट पैठाएको पैसा चोरी गर्दै गरेको अवस्थामा यो घटना हुन गएको हो । बिनको टाउकोमा रड र काठले प्रहार गरी बेहोस बनाए पश्चात सिरकले मुख थुनि घाटी रेटेर बिभत्स हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।