मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यौन दुर्व्यवहारमा कारबाही सिफारिस गरिएका एसएसपीले दिए राजीनामा

यौन दुर्व्यवहारमा कारबाही सिफारिस गरिएका एसएसपीले दिए राजीनामा

न्यूजस्टोरी

काठमाडौं , असोज १५ । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिनुभएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा उनले १९ जेठमा दुर्वयवहार गरेको भन्दै एक जना महिला सहायक हवल्दारले उजुरी दिनु भएको थियो ।

त्यसक्रममा छानबिनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनेको थियो । समितिले उनलाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेलगत्तै पालको राजीनामा आएको हो । पाललाई यसअघि नै गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

बिदामा जान लागेकी महिला कर्मचारीलाई दुर्व्यवहार गरिएको प्रकरणमा प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समितिले दोषी ठहर गरेपनि फौजदारी कसूरमा भने पालविरुद्ध अनुसन्धान भएको छैन ।