मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अश्लील हर्कत गरेको आरोपमा ७ जना टिकटक स्टार पक्राउ

अश्लील हर्कत गरेको आरोपमा ७ जना टिकटक स्टार पक्राउ

न्यूजस्टोरी

रौतहट, १३ असोज । अश्लील हर्कत गरेको आरोपमा रौतहट प्रहरीले ७ जना टिकटकरलाई पक्राउ गरेको छ ।
जिल्लाको सदरमुकाम गौरमा रहेको होटल सिया प्यालेसमा अश्लील नृत्य भइरहदा प्रहरीले शुक्रबार राती छापा मारेर सात जनालाई पक्राउ गरेको हो ।

होटलको सभाकक्षमा टिकटकमा नृत्य गर्ने महिला र पुरुषहरूले अश्लिलता फैलाएको भन्दै केही मानिसहरूले प्रहरीलाई जानकारी गराएपछि राती साढे ११ बजेको समयमा प्रहरीले उक्त होटलमा छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले जानकारी दिए ।

सबै दोषी नरहेको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।