मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चम्किए ग्रिजम्यान : एट्लेटिको मड्रिडको जित

चम्किए ग्रिजम्यान : एट्लेटिको मड्रिडको जित

न्यूजस्टोरी

काठमाडौं, १२ असोज । एट्लेटिको मड्रिडले स्पेनिस लिगमा जित दर्ता गरेको छ ।

बिहीबार राति ओसासुनाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडले २–० को जित निकालेको हो । ग्रिजम्यानले खेलको २० औं मिनेटमा कठिन कोणबाट गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेल सकिन ९ मिनेट बाँकी छदाँ रोड्रिगो रिक्केलमेले गोल गर्दै एट्लेटिको मड्रिडको जित सुनिश्चित गरे । ग्रिजम्यान खेलको म्यान अफ दी म्याच समेत घोषित भए ।

मड्रिड डर्बीमा रियलविरुद्ध जित हात पारे लगत्तै एट्लेटिकोले अर्को सुखद नतिजा निकाल्न सफल भएको हो ।

एट्लेटिको ६ खेलबाट १३ अंक सहित तालिकाको पाँचौं स्थानमा छ । ओसासुना ७ अंक सहित १४ औं स्थानमा छ ।