मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिबन्धित लागु औषध सहित एकजना पर्सा प्रहरीको नियन्त्रणमा

प्रतिबन्धित लागु औषध सहित एकजना पर्सा प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

वीरगंज, ८ असोज । पर्सा प्रहरीले ३२ केजी प्रतिबन्धित लागु औषध चरेश सहित एकजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सुचनाको आधारमा पर्साको जिरा भवानी गाउपालिका वडा नम्बर १ बाट उक्त लागु औषध चरेश सहित पक्राउ गरेको हो ।

प्रहरीले नेपालबाट भारत तर्फ जा“दै गरेको ना ६१ प ९७०० नम्बरको मोटर साईकलमा ५ सय ग्रामको ६४ प्याकेट ३२ केजी चरेश सहित पर्सा जिल्ला ठोरी गाउपालिका वडा नम्बर ४ बस्ने बर्ष ३४ बर्षिय क्षेत्र वहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल शाहले जानकारी दिनुभयो ।

पर्सा प्रहरीले लागु औषध चरेश सहित नियन्त्रणमा लिएको श्रेष्ठलाई लागु औषध सम्बन्धी कसुरमा मुद्धा चलाउने तयारी भइरहेको प्रहरी उपरिक्षक शाहले बताउनु भयो ।