मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेसियल गरेपछि यी कामहरु कहिल्यै नगर्नुहोस् !

फेसियल गरेपछि यी कामहरु कहिल्यै नगर्नुहोस् !

न्यूजस्टोरी

मेकअप सामग्री लगाए पनि अनुहारमा चमक छैन ?  स्किन ‘डल’ भयो ? यदि यस्तो समस्या छ भने यसको समाधान हो फेसियल । फेसियलले अनुहारको छालाको गहिराइसम्म पुगेर निखार्छ । फेसियल क्रिमसँगै गरिने मसाजले अनुहारमा पर्याप्त मात्रामा रक्तसञ्चार गराउँछ । जसले अनुहारमा पोषण, अक्सिजन, प्रोटिन पुर्‍याउँछ ।

फलस्वरूप हराएको अनुहारको चमक पुनः फर्किन्छ । जसकारण महिनाको एकपटक फेसियल गराउन जरुरी छ । धेरैमा भने यतिधेरै फाइदा भएको फेसियल गर्दा पनि पिम्पल र दागहरू आउन थाल्छन् । कारण हो, यो फेसियल गरेपछि ढुक्क भएर अनुहारको हेरचाह नगर्नु, त्यसैले फेसियल गरेपछि के गर्ने र के नगर्ने भन्ने कुरामा ध्यान दिनु जरुरी हुन्छ ।

के नगर्ने ?

अनुहार नधुने

धेरैजसोले फेसियल गरेको केही समयमै अनुहार धुने बानी हुन्छ । भुलेर पनि यस्तो गल्ती नगर्नुहोस् । यसले अनुहारमा डन्डीफोर र खटिरा आउन सक्छ । त्यसैले कम्तीमा २४ घण्टापछि मात्र अनुहार धुनुपर्छ । छाला सफा गर्न गुलाबजल प्रयोग गर्न सकिन्छ । यसले तपाईंको छालालाई ताजा राख्छ । साथै अनुहार धुन पनि आवश्यक पर्दैन ।

फेसियल गरेपछि थ्रेडिङ नगर्ने

प्राय: थ्रेडिङ गरेपछि मात्रै फेसियल वा क्लिनजिङ गरिन्छ । तर कहिलेकाहीं हतार फेसियल गरेपछि मात्रै आइब्रोको थ्रेडिङ गराउन याद हुन सक्छ । जस्तोसुकै हतार भए पनि फेसियल गरेपछि थ्रेडिङ गर्न हुँदैन । केही दिन कुर्नुपर्छ । किनभने फेसियलपछि छाला नरम र संवेदनशील भएको हुन्छ । यस्तोमा थ्रेडिङ गर्न अनुहारमा धागो प्रयोग गर्दा छाला काट्ने सम्भावना बढी हुन्छ । नत्र केही दिन पछि गर ।

अनुहारमा पटकपटक नछुने

अनुहारमा छोइरहने बानी पनि गर्न हुँदैन । छालामा बारम्बार छोइरहँदा जीवाणु संक्रमण, चलाउने र एलर्जी हुन सक्छ ।

डन्डीफोर ननिचोर्ने

कतिको डन्डीफोर आउने बित्तिकै निचोर्ने बानी हुन्छ तर फेसियल गरेपछि भने डन्डीफोर निचार्नु हुँदैन । यसले छालामा संक्रमण गराउनुका साथै दाग पनि बस्ने सम्भावना हुन्छ ।

तुरुन्तै घाममा नजाने

कतै घुम्न जानुअघि फेसियल गर्ने धेरैको बानी हुन्छ, जुन गलत हो । फेसियल गर्नेबित्तिकै घाममा छाला डढ्ने जस्ता समस्या हुन थाल्छ । घामसँगै धुलो र माटोका कारण छालामा दागहरू आउन थाल्छन् । त्यसैले फेसियल गरेपछि चर्को घाममा बाहिर जानु हुँदैन । फेसियल गराउँदा जहिले पनि आरामले समय दिनुपर्छ ।

मेकअप नगर्ने

फेसियलको केही समय अनुहारलाई पनि आराम चाहिन्छ । फेसियल गर्ने बित्तिकै कस्मेटिक र मेकअपको अत्यधिक प्रयोगले अनुहारको मसिनो छिद्र टालिन्छ । साथै, छाला पोल्ने, तातो हुने हुँदै पछि डन्डीफोर पनि देखिन सक्छ ।