मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यागमनले विमानस्थलबाट श्रमिक फर्काएको भन्दै म्यानपावर व्यवसायी आन्दोलित, महानिर्देशकको राजीनामा माग

अध्यागमनले विमानस्थलबाट श्रमिक फर्काएको भन्दै म्यानपावर व्यवसायी आन्दोलित, महानिर्देशकको राजीनामा माग

न्यूजस्टोरी

काठमाडौं । म्यानपावर व्यवसायीहरुले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको राजीनामा माग गर्दै आन्दोलन गरेका छन् ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई बिना कारण अध्यागमनका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको भन्दै म्यानपावर व्यवसायीहरुले महानिर्देशकको राजीनामा माग गरेका हुन् । आइतबार अध्यागमन विभाग अगाडि पुगेर व्यवसायीहरुले कार्यालय घेराउ गरेका छन् । अध्यागमन र महानिर्देशकको विरोधमा नारा लगाउँदै आन्दोलन गरेका छन् ।

यही असार २७ र २८ गते कुवेत जान लागेका एक सय १७ जना श्रमिकलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काएको थियो । यस्तै त्यसको तीन दिन अगाडि पनि वैदेशिक रोजगारीमा जोर्डन जान लागेका १४ महिलासहित १५ जना श्रमिकलाई अध्यागमनका कर्मचारीले कागजात नमिलेको, भिसामा शंका लागेको भन्दै फर्काएका थिए ।

श्रम स्वीकृति लिएर, सबै कानुनी प्रक्रिया पूरा गरेर जान लागेका श्रमिकलाई यसरी फर्काएर अध्यागमनले मनपरि गर्न खोजेको व्यसायीहरुको आरोप छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल महानिर्देशकको ज्यादति बढ्दै गएकाले राजीनामा माग गरेको बताउनुहुन्छ ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरि संस्थागत रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेकालाई यसरी फर्काइनु कानुनविपरीत भएको
उहाँको भनाइ छ । विदेश जान विमानस्थल पुगेका श्रमिकलाई यसरी अध्यागमनले रोक्दा उनीहरुमा परेको दुस्ख र जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने पनि उहाँले बताउनुभयो ।