मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना, पहिरोको जोखिम

कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना, पहिरोको जोखिम

न्यूजस्टोरी

काठमाडौं । कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

गएराति पनि यी दुई प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक÷दुई ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

मनसुन भित्रिएपछि गएको ३१ गतेदेखि गण्डकी र कोशीका पहाडी क्षेत्रमा लगातारजसो पानी परिरहेको मौसमविद् लामिछानेले बताउनुभयो । यसले गर्दा पूर्वी पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।

पाँचथर र ताप्लेजुङमा गएरातिको पहिरोमा परेर १० जना बेपत्ता भएका छन् । पानी परिरहेको क्षेत्रमा अझै पनि पहिरोको जोखिम रहेकाले त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद् आग्रह छ ।

यस्तै, आज अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने मौसमविद् रोजन लामिछानेले बताउनुभयो । यस्तै, तराईका एकदुई ठाउँमा पनि पानी पर्ने अनुमान गरिएको छ ।