मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकर्मी महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित

सहकर्मी महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित

न्यूजस्टोरी

काठमाडौं । गृह मन्त्रालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई छ महिनाका लागि निलम्बन गरेको छ ।

सहकर्मी महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका पाललाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले हिजो बिहीवार गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

महेन्द्रनगरमा रहेको प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरीले पालले आफूलाई दुर्व्यवहार गरेको भन्दै उजुरी दिनुभएको थियो । उजुरीलगत्तै पाललाई प्रहरी प्रधान कार्यालय बोलाएर छानबिन सुरु गरेको र छानबिन समितिको सिफारिसमा छ महिनाका लागि निलम्बन गरेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताउनुभयो ।