पाल्पा । गर्मी बढेपछि पाल्पाको रामपुर नगरपालिकाले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थामा आज सोमवारदेखि पाँच दिनसम्म बिदा दिएको छ ।
गर्मी बढेपछि विद्यालय सञ्चालनमा कठिनाइ भएकोले बिदा दिएको रामपुर नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाको निर्णयअनुसार आजदेखि असार १ गतेसम्म नगरभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीमा बिदा दिने निर्णय भएको हो ।
नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले गर्मीले विद्यार्थीको स्वास्थ्यमा असर परेको भनी विभिन्न विद्यालय, अभिभावकबाट गुनासो आएपछि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । बर्खे र हिउँदे बिदामा मिलान हुने गरी बिदा दिइएको उहाँको भनाइ छ ।
प्रतिक्रिया