मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्रिज इन्टरनेशनल एजुकेसन : रत्ननगरमा शाखा विस्तार

ब्रिज इन्टरनेशनल एजुकेसन : रत्ननगरमा शाखा विस्तार

न्यूजस्टोरी

किरण कुँवर
चितवन, २५ साउन । ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सीले चितवनको रत्ननगरमा नयाँ शाखा विस्तार गरेको छ । उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई विदेशी विश्वविद्यालयहरूमा अध्ययन गर्न परामर्श तथा सहजीकरण गर्दै आएको कन्सल्टेन्सीले रत्ननगरमा शाखा विस्तार गरेको हो । कन्सल्टेन्सीहरूको बढ्दो प्रतिस्पर्धामा ब्रिजले आफ्नो सेवामार्फत छुट्टै पहिचान बनाउने रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरूलाई सही परामर्श प्रदान गर्दै विदेशमा अध्ययनका लागि पठाउने कार्यमा जोड दिन समेत आग्रह गरे ।


ब्रिजले बेलायत, अष्ट्रेलिया, डेनमार्क, क्यानडा, अमेरिका र युरोपका विभिन्न देशहरूमा विद्यार्थीहरूलाई सहजीकरण गर्दै आएको छ ।

कार्यक्रममा संस्थाका संस्थापक प्रज्वल गिरी, शाखा संयोजक सुशील न्यौपाने, व्यवस्थापक प्रमुख रुपेश थापा, अष्ट्रेलियाको शाखा प्रबन्धक शनिश महर्जन, प्रमुख कार्यकारी भुवन गिरी, ग्राम्पियन्स कलेज मेलबर्न, अष्ट्रेलियाका कार्यकारी प्रमुख वासुदेव मरहठाको पनि उपस्थिति रहेको थियो ।