मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अत्यधिक गर्मी बढेपछि बेलौरीमा २ दिन विद्यालय बिदा

अत्यधिक गर्मी बढेपछि बेलौरीमा २ दिन विद्यालय बिदा

न्यूजस्टोरी

कञ्चनपुर २७ जेष्ठ । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो ।

मेयरस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरपालीकाका मेयर पोतिलाल चौधरीले जानकारी दिनुभयो । बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको उहाँले बताउनुभयो । गर्मी बढेसँगै सर्वसाधारणलाई घरबाट बहिर हिँडडुल गर्न समस्या हुने गरेको छ ।

दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन् ।