मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेन्नाई तथा लखनउ प्ले अफ प्रवेशको लक्ष्यमा

चेन्नाई तथा लखनउ प्ले अफ प्रवेशको लक्ष्यमा

न्यूजस्टोरी

काठमाडौं । भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग आइपीएलमा आज शनिबार दुई खेल हुदैछ ।

शनिबारको पहिलो खेलमा चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । खेल दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा नेपाली समयअनुसार अपरान्ह पौने ४ बाट सुरु हुनेछ । चेन्नाई दिल्लीलाई पराजित गरि आफ्नो प्लेअफ यात्रा सुनिश्चित गर्न चाहन्छ । पछिल्लो खेलमा आफ्नो घरले मैदानमा कोलकत्ता नाईट राईडर्ससँग पराजित भएर प्लेअफ प्रवेश गर्नबाट बन्चित चेन्नाई यस खेलमा जित सहित शीर्ष चारमा प्रवेश गर्न चाहन्छ ।

उता, शीर्ष चारको यात्राबाट बाहिरिसकेको दिल्ली यस सिजनको आफ्नो अन्तिम खेल जितका साथ समाप्त गर्न चाहन्छ । यसै सिजन चेन्नाईको घरेलु मैदानमा पाएको हारको बदला लिने लक्ष्यमा दिल्ली रहने छ ।

पछिल्लो खेलमा पन्जाब किंग्सलाई पराजित गरेको दिल्ली जितका साथ सिजन समाप्त गर्ने लक्ष्यमा रहेको छ ।

शनिबारको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकत्ता नाईट राईडर्सबीच खेल हुनेछ । कोलकत्ताको घरेलु मैदान ईडन ग्राडेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ मा हुनेछ ।

कोलकत्तालाई पराजित गरि लिगको शीर्ष चारमा आफ्नो स्थान पक्का गर्न लखनउ चाहन्छ । आइपीएल ईतिहासकै सर्वाधिक सफल टोली मुम्बई ईन्डियन्समाथि गत खेलमा सानदार जित हात पारेको लखनउ लयमा रहेको छ ।

उता, पछिल्लो खेलमा चेन्नाईलाई घरेलु मैदानमा पराजित गरेको कोलकत्ताको आत्मविश्वास बलियो भएको छ । प्लेअफको सम्भावना कायमै राख्न कोलकत्ताले यो खेल फराकिलो अन्तरले जित्नु पर्ने हुन्छ ।