मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुत्केरीको ज्यान गएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

सुत्केरीको ज्यान गएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

न्यूजस्टोरी

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको ज्यान गएपछि तनाव सिर्जना भएकाे छ । विहीबार घोराही उपमहानगरपालिका८ सौरीकी मधु बुढाथोकी केसीको अस्पतालमा ज्यान गएपछि आफन्तले आज शुक्रवार आन्दोलन गरेका हुन् ।

मृतकका आफन्तल घटनाको छानबिन तथा क्षतिपूर्तिको माग राखेका छन् । मृतकको क्षतिपूर्तिबापत ५० लाख रुपैयाँ, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले बेहाेर्नुपर्ने, मृतकको शरीरको सबै अङ्गकाे परीक्षण हुनुपर्ने उनीहरूकाे माग छ ।

सामान्यरूपमा सुत्केरी भएको तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरूले हात हालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको ज्यान गएको मृतकका श्रीमान् शेरबहादुर केसीको आरोप छ ।