मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फ्रेन्ड्स क्लबमाथि जावलाखेलको शानदार जित

फ्रेन्ड्स क्लबमाथि जावलाखेलको शानदार जित

न्यूजस्टोरी

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबमाथि शानदार जित निकालेको छ ।

बिहीवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा जावलाखेलले फ्रेन्ड्सलाई ४-१ गोलले हरायो । जावलाखेलका लागि एनकोटो मासाबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १/१ गोल गरे । फ्रेन्ड्सका श्याम बाबु कक्षपतीले १ गोल फर्काए ।

यो जितसँगै जावलाखेल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जावलाखेलको १७ खेलमा ३० अंक छ । फ्रेन्ड्स उति नै खेलमा १९ अंकसहित ११ अ‍ौँ स्थानमा छ ।