मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

न्यूजस्टोरी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार नौ सय ३१ जनाको नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २७ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४७ छ । अहिले सात जना कोरोना सङ्क्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार आठ सय १८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।