मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भैरहवा विमानस्थल आधा घण्टाभन्दा बढी समय अवरुद्ध, धावनमार्गमा रोकिएको जहाज हटाइयो

भैरहवा विमानस्थल आधा घण्टाभन्दा बढी समय अवरुद्ध, धावनमार्गमा रोकिएको जहाज हटाइयो

न्यूजस्टोरी

काठमाण्डौ । भैरहवा विमानस्थलको धावनमार्गमा रोकिएको जहाजलाई हटाइएको छ । जहाज हटेपछि विमानस्थल सामान्य बनेको विमानस्थल कार्यालयले जनाएको छ ।

बिहान भैरहवाबाट काठमाण्डौका लागि उडेको श्री एअरलाइन्सको जहाजमा समस्या आएपछि बीचबाटै फेरि भैरहवा फर्काइएको थियो । भैरहवा विमानस्थलमा अवतरणपछि जहाजको पाङ्ग्रा लक भएको थियो । पाङ्ग्रा लक भएपछि धावनमार्गबाट जहाज गुड्न नसक्दा आधा घण्टाभन्दा लामो समयसम्म विमानस्थलबाट कुनै उडान अवतरण हुन सकेन ।

श्री एअरलाइन्सअनुसार जहाजमा चालक दलका सदस्यबाहके ७६ जना यात्रु थिए । बिहान विमानस्थल अवरुद्ध हुँदा काठमाण्डौबाट भैरहवाका लागि छुटेको यति एअरलाइन्सको एउटा जहाज काठमाण्डौ नै फर्किएको थियो ।