मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युक्यासलमाथि आर्सनलको जित

न्युक्यासलमाथि आर्सनलको जित

न्यूजस्टोरी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युक्यासललाई हराएको छ । आईतबार राति न्युक्यासलको घरेलु मैदानमा आर्सनलले २–० को जित निकालेको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्ड एक गोल गरे । लण्डन क्लबले फाबियन शारको एक आत्मघाति गोल उपहार स्वरुप प्राप्त गर्यो ।खेलको १४ औं मिनेटमा मार्टिनको गोलमा आर्सनलले अग्रता बनाएको थियो । जोर्गिन्होको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । खेलको ७१ औं मिनेटमा फाबियनले एक आत्मघाति गोल गरेपछि आर्सनलको जित सहज बन्यो ।

जित सहित आर्सनलले प्रिमियर लिगको उपाधि होडमा आफुलाई कायम राखेको छ ।

आर्सनलले शीर्ष स्थानको म्यानचेष्टर सिटीसँगको दुरी एक अंकमा झारेको छ । शीर्ष स्थानको सिटीको ८२ अंक छ । एक खेल बढी खेलेको आर्सनलको ८१ अंक छ । हारका बाबजुत न्युक्यासल ६५ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।