मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको विश्वव्यापी स्वास्थ्य सङ्कटकालु सकियो — डब्लुएचओ

कोरोनाको विश्वव्यापी स्वास्थ्य सङ्कटकालु सकियो — डब्लुएचओ

न्यूजस्टोरी

विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को विश्वव्यापी स्वास्थ्य संकटकाल समाप्त भएको घोषणा गरेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्लुएचओले तीन वर्षअघि स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो । यो घोषणाले महामारी नियन्त्रण गर्ने दिशामा एक महत्वपूर्ण कदमको प्रधिनिधित्व गर्ने डब्लुएचओले जनाएको छ । यद्यपी धेरै देशले यसअघि नै कोरोना महामारी सकिएको घोषणा गरिसकेका छन् ।

सन् २०२१ को जनवरीमा हरेक हप्ता औसतमा एक लाख जना कोरोना संक्रमितको ज्यान जाने गरेकोमा यो सङ्ख्या अहिले तीन हजार पाँच सय जनामा झरेको डब्लुएचओले जनाएको छ ।

डब्लुउचओ प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कोरोना महामारीका विश्वभर कम्तीमा ७० लाख मानिसको ज्यान गएको बताउनुभयो ।