मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सलमानले आमिर खानलाई उपहारमा दिएको आफ्नो भाग्यमानी ब्रास्लेट ।

सलमानले आमिर खानलाई उपहारमा दिएको आफ्नो भाग्यमानी ब्रास्लेट ।

न्यूजस्टोरी

एजेन्सी । आमिर खान हालै सलमान खानकी बहिनी अर्पिता शर्माको इद पार्टीमा सहभागी भएका थिए । यस क्रममा सलमानको लक्की चार्म अर्थात् उनको ब्रासलेट आमिरको हातमा देखिएको थियो । सलमानको निलो स्टोन भएको एउटा ब्रासलेट छ जुन उनले वर्षौंदेखि लगाउँदै आएका छन् । अहिले यसलाई हालैको समयमा आमिर खानको हातमा देखिएको छ । आमिरको हातमा यो ब्रासलेट देखिएपछि कतै सलमानले त उनलाई यो दिएका होइनन् भनेर धेरैले चासो व्यक्त गरे । सलमान यस वर्ष इद मनाउन आफ्नो ग्यालेक्सी अपार्टमेन्टबाट बाहिर निस्कँदा उनको हातमा यो ब्रासलेट नदेखिएपछि पनि मानिसहरूले यसबारे चासो र अनुमान लगाएका हुन् ।आमिरको हातमा ब्रासलेट देखिएपछि नै प्रशंसकले आ–आफ्नो प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘सलमान भाइको ब्रासलेट हिजोदेखि नै आमिर भाइले लगाएका छन् । आज भाइ बालकोनीमा आउँदा उनको हातमा ब्रासलेट थिएन र पार्टीमा पनि थिएन । यस्तै अर्का प्रशंसकले लेखेका छन्, ‘आमिरको हातमा भाइजानको ब्रासलेट । तेस्रो प्रशंसकले लेखे, ‘आमिर आफ्नो कपडामा बढी पैसा खर्च गर्छन् ।