मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युनाईटेड किन्न दुई कम्पनिको बोलपत्र

युनाईटेड किन्न दुई कम्पनिको बोलपत्र

न्यूजस्टोरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड खरिद गर्न कतारको सबैभन्दा ठूलो बैंक मध्ये एकका अध्यक्ष शेख जसिम बिन हमाद अल थानीले बोलपत्र पेश गरेका छन् ।

कतारी शेख जसिमले आफ्नो फाउन्डेसन नाइन टु फाउन्डेसनले युनाईटेड खरिद गर्न अन्तिम बोलपत्र दिएको बीबीसीले जनाएको छ ।यस्तै बेलायती कम्पनी इनेओसले समेत युनाईटेड किन्न बोलपत्र पेश गरेको बीबीसीले जनाएको छ ।

सर जिम र्याक्लिफको स्वामित्वमा रहेको इनेओसले युनाईटेड किन्न बोलपत्र पेश गरेको हो ।

अर्बपति र्याक्लिफले युनाइटेड किन्न आफ्नो रुचि पहिले नै बताइसकेका थिए।

युनाईटेड ग्लेजर परिवारको स्वामित्वमा रहेको छ । ग्लेजर परिवारले २००५ मा युनाइटेड किनेको थियो ।

धेरै ऋण भएपछि अहिले ग्लेजर परिवार युनाईटेड बेच्न खोजिरहेको छ ।

युनाईटेडको ऋण झन्डै १ विलियन पाउण्ड पुगेको छ । एक तथ्यांक अनुसार युनाईटेडको ऋण ९६९.६ मिलियन रहेको छ ।