काठमाडौं । जासुसी र गुप्तचरमा अब्बल मानिने इजरायलले बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनको पनि जासुसी गरेको रहस्य खुलेको छ । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले प्रकाशित हुन लागेको पुस्तक ‘अनलिस्ड’मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो शौचालयमा जासुसी यन्त्र लगाएको दाबी गरेका छन् । जोनसनको यो पुस्तक १० अक्टोबरमा सार्वजनिक हुनेछ । सन् २०१७ मा जोनसन बेलायतका विदेशमन्त्री थिए…