मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकासहितका देशको युद्धविराम प्रस्ताव इजरायलले नमान्ने

अमेरिकासहितका देशको युद्धविराम प्रस्ताव इजरायलले नमान्ने

न्यूजस्टोरी

इजरायलले लेबनानको विद्रोही समूह हिजबुल्लाहसँगको युद्धविराम आह्वानलाई अस्वीकार गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सेनालाई पूर्ण शक्तिका साथ लड्न भन्नुभएको र गएरातिको युद्धविराम आह्वानलाई लिएर कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ । यस्तै प्रधानमन्त्री नेतान्याहुले गाजामा युद्धका लक्ष्यहरू प्राप्त नभएसम्म सङ्घर्ष जारी रहने बताउनुभएको छ ।

यसैबीच इजरायलका विदेशमन्त्रीले उत्तरी सीमामा रहने इजरायलीहरू सुरक्षित रूपमा आफ्नो नफर्किएसम्म हिजबुल्लाहसँगको युद्ध जारी राख्ने बताउनुभएको खबरमा उल्लेख छ ।

यसअघि इजरायल र लेबनानाको सीमामा चलिरहेको युद्ध रोक्न अमेरिकासहितका देशले युद्धविरामको प्रस्ताव राखेका थिए । तर इजरायलले यो प्रस्ताव अस्वीकार गरेको हो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको पछिल्लो आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ भने सोमवारयता पाँच सय ५० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । गएको वर्षको अक्टोबर ८ यता इजरायल र हिजबुल्लाहबीच दैनिकजसो सीमा वारपार गोलाबारी हुँदै आएको छ ।