मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसी राष्ट्रपति पुटिनको आणविक हतियार प्रयोगको धम्की युरोपेली सङ्घबाट अस्वीकार

रुसी राष्ट्रपति पुटिनको आणविक हतियार प्रयोगको धम्की युरोपेली सङ्घबाट अस्वीकार

न्यूजस्टोरी

युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ । ईयूले पुटिनका तर्फबाट अत्यन्त गैरजिम्मेवार र अस्वीकार्य व्यवहारको निरन्तरता भएको टिप्पणी गरेको छ ।

विश्वका धेरै नेताहरू न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएको बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य पुटिनको तर्फबाट यस्तो प्रतिक्रिया आउनुलाई अझ बढी लापरवाहीपूर्ण मान्न सकिने ईयूले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यसअघि राष्ट्रपति पुटिनले अद्यावधिक आणविक सिद्धान्तको घोषणा गर्नुभएको थियो । उहाँले युक्रेनलाई उसका पश्चिमी समर्थकहरूले आणविक शक्तिको सहयोग गरेकाले गैर–आणविक राज्यविरुद्ध रुस आणविक हतियारको प्रयोग गर्न बाध्य हुने धम्किपूर्ण प्रतिक्रिया दिनुभएको थियो ।

युक्रेनले पश्चिमी सहयोगीहरूबाट रुसभित्र आक्रमण गर्न लामो दूरीका हतियारहरू प्रयोग गर्न अनुमति मागिरहेको बेला रुसले आणविक हतियार प्रयोग प्रतिबन्धबारे नियम र सर्त परिवर्तन गर्ने तयारी गरेको बताएको हो ।