मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रष्टाचार मुद्दामा सिङ्गापुरका पूर्वमन्त्रीलाई १२ महिनाको जेल सजाय

भ्रष्टाचार मुद्दामा सिङ्गापुरका पूर्वमन्त्रीलाई १२ महिनाको जेल सजाय

न्यूजस्टोरी

सिङ्गापुरका पूर्व यातायातमन्त्री एस ईश्वनरलाई त्यहाँको उच्च अदालतले १२ महिनाको जेल सजाय सुनाएको छ । पदमा रहँदा गैरकानूनी रूपमा उपहार लिएको मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री ईश्वरनलाई आज उच्च अदालतले सजाय सुनाएको एएफपीले जनाएको छ ।

सजाय सुनाउँदै उच्च अदालतका न्यायाधीश भिन्सेन्ट हुङले एउटा सरकारी कर्मचारी निष्ठा र जवाफदेहिताको मापदण्डभन्दा तल झरेको जस्तो देखिने मुद्दामा यो सजाय अझै कम हो जस्तो लाग्ने बताउनुभयो ।

फर्मुला वनलाई सिङ्गापुरमा ल्याउन मद्दत गर्ने पूर्व यातायातमन्त्री एस ईश्वरनलाई यस वर्ष ३५ वटा आरोप लगाइएको थियो । विश्वकै धनीमध्येमा पर्ने र सबैभन्दा कम भ्रष्टाचार हुने सिङ्गापुरमा सार्वजनिक अधिकारी वा व्यक्तिलाई भ्रष्टाचारको मुद्दा लाग्नु दुर्लभ मानिन्छ ।

गएको हप्ता ६२ वर्षीय पूर्वमन्त्री ईश्वरनलाई न्यायमा बाधा पुर्‍याएको र अवैध उपहार स्वीकार गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । तीन लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार स्वीकार्नेजस्ता आरोपबारे औपचारिक रूपमा सूचित भएपछि ईश्वरनले जनवरीमा राजीनामा दिनुभएको थियो ।