भारत । भारतका एनसीपी नेता तथा महाराष्ट्रका पूर्वमन्त्री बाबा सिद्दिकीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मुम्बई प्रहरी र पन्जाब प्रहरीको संयुक्त प्रयासमा बाबा सिद्दिकी हत्याकाण्डका वान्टेड आरोपित सुजित सुशील सिंहलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पन्जाब पुलिसको डीजीपी (प्रहरी महानिर्देशक) कार्यालयको आधिकारिक 'एक्स' खातामा गरिएको पोस्ट अनुसार, मुम्बई पुलिसले पन्जाब पुलिससँगको संयुक्त अभियानमा बाबा सिद्दिकीको…