मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा

भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा

न्यूजस्टोरी

पेरिस । भाले ठुलो स्वरमा बासेको रिसमा फ्रान्समा छिमेकीले एक परिवारविरुद्ध मुद्दा नै हालेका छन् । मुद्दासँगै बोरगोइँ जालियूँमा ‘रिको’ नाम गरेको बान्टाम भालेका मालिकहरू अदालतमा उपस्थित हुने तयारीमा छन् ।‘एकाग्रतामा समस्या, राम्रोसँग सुत्न नपाउने, कान नै दुख्ने’ लगायत आरोप लगाएर रिकोका मालिकहरूविरुद्ध छिमेकी मुद्दा दर्ता गरेका छन् । यो मुद्दाको सुनुवाइ आगामी वर्षको जनवरीमा हुने भनिएको छ । आफ्नो नाम खुलाउन नचाहने छिमेकीका अनुसार भालेले दिनरातै बासेर हैरानी दिने गरेको छ ।

५ वर्षीय रिकोका मालिक फ्रांक भने उक्त आरोप अस्वीकार गर्छन् । भाले बस्ने खोरमा अटोमेटिक सिस्टम रहेको र उक्त खोरको ढोका जाडो समयमा बिहान साढे ८ बजे र गर्मीमा ९ बजे खुल्ने उनको भनाई छ । भालेले बिहानको समयमा करिब एक घण्टामा १५ पटक र दिनमा थप केही पटक बास्ने गरेको पनि उनले जानकारी दिएका छन् ।

करिब २५ वर्षअघि सहरबाट बोरगोइँ जालियूँमा सरेका फ्रांक दम्पत्ती आफ्नो छिमेकीको व्यवहारबाट अचम्मित बनेका छन् । उनीहरूले यस विषयमा टाउन हलमा सहमतिको प्रयास पनि गरेका थिए । तर, त्यहाँ कुरा मिल्न सकेन । त्यसपछि छिमेकीले अदालतमा नै मुद्दा दर्ता गरेका हुन् ।यता फ्रांकले अन्य छिमेकीसँग पनि यसबारे कुरा गरेको बताएका छन् । अन्य छिमेकीलाई भने रिको बास्दा कुनै समस्या नभएको उनको दाबी छ ।

मुद्दा दर्ता छिमेकी भने सन् २०२१ मा उक्त स्थानमा सरेका हुन् । उनका अनुसार रिको ठुलो स्वरले बास्दा आफूलाई बगैँचामा आनन्दले बस्नुदेखि राम्ररी सुत्नुसम्ममा समस्या भएको भएको छ । उनी यो अवस्था परिवर्तन होस् भन्ने चाहन्छन् ।

यो मुद्दाबारे पढ्दा धेरैलाई रमाइलो लाग्न सक्छ । तर, फ्रान्समा यो गम्भीर विषय बनेको छ । यस्तै मुद्दा अदालतमा पुगेको यो तेस्रो अवसर हो । रिकोको मुद्दामाथि अदालतले अर्को वर्ष आफ्नो फैसला सुनाउनेछ ।

यता, रिकोलाई भने सामाजिक सञ्जालमा समर्थन प्राप्त भइरहेको छ । उनको समर्थनमा एउटा फेसबुक पेज नै सुरु गरिएको छ । जसमा फलोअर्सहरुले उनलाई बासिराख्न प्रेरित गरिरहेका छन् ।