मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायल–गाजा युद्धविरामको वार्ता फेरि शुरु हुने अमेरिकी विदेशमन्त्री ब्लिन्केनको भनाइ

इजरायल–गाजा युद्धविरामको वार्ता फेरि शुरु हुने अमेरिकी विदेशमन्त्री ब्लिन्केनको भनाइ

न्यूजस्टोरी

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रोकिएको इजरायल–गाजा युद्धविरामको वार्ता फेरि शुरु हुने बताउनुभएको छ ।

मध्यपूर्वमा भइरहेको द्वन्द्वमा युद्धविरामबारे छलफल गर्न लण्डन पुग्नुभएका ब्लिन्केनले मध्यस्थकर्ताहरूले केही दिनमै गाजामा युद्धविरामका लागि रोकिएका वार्ताहरू पुनः शुरु गर्ने प्रयास गरिरहेको बताउनुभएको हो । तर वार्तामा हमासले भाग लिने वा नलिने भन्ने कुरा अझै स्पष्ट छैन ।

हमासका एकजना नेताले यदि इजरायलले शर्तमा सहमति जनायो भने यो युद्ध रोक्न तयार रहेको बताएका बीबीसीले जनाएको छ । अमेरिकी आग्रहपछि इजरायली गुप्तचर संस्था मोसादका प्रमुख डेभिड बार्निया कतारको दोहा पुग्नुभएको छ । तर इजरायलले हमासका दुईवटै मुख्य कमाण्डरको हत्या गरेकाले वार्ता कसरी अघि बढ्छ भन्ने टुङ्गो छैन ।

नेताहरुको हत्यापछि कमजोर अवस्थामा पुगेको हमासले अब वार्ता नै चाहेको विश्लेषकहरुले बताउन थालेका छन् । अमेरिकाले यसअघि पटक पटक इजरायललाई युद्धविरामको दबाब दिए पनि इजरायलले टेरेको छैन ।

बीबीसी हिन्दीको विश्लेषणअनुसार अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वमा अझै पनि आफ्नो प्रभुत्व रहेको देखाउन चाहेको छ । अर्कोतिर यदि अमेरिका मध्यपूर्वमा असफल भएमा चीन वा रुसले यो क्षेत्रमा प्रभुत्व जमाउन सक्ने डरले पनि अमेरिका अब युद्ध रोक्ने दबाबमा पुगेको छ ।