मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि १६औं ब्रिक्स सम्मेलन

आजदेखि १६औं ब्रिक्स सम्मेलन

न्यूजस्टोरी

आजदेखि १६औं ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच विकासशील देश सहभागी हुनेछन् ।

सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने बीबीसीले जनाएको छ । महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो । पुटिनले पर्सि बिहीवार अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्नु हुने क्रेमलिनका सल्लाहकार युरी उशाकोभले बताउनुभएको खबरमा उल्लेख छ ।

यसअघि ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले भने टाउकोमा लागेको चोटका कारण ब्रिक्स शिखर सम्मेलनका लागि रुसको भ्रमण रद्द गर्नुभएको छ । अब उहाँले भिडियो कन्फ्रेसिङ्गको माध्यमबाट सम्मेलनमा भाग लिनु हुनेछ । ब्रिक्स शिखर सम्मेलन पर्सि बिहीवार सकिनेछ ।