अमेरिकाको एउटा पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको कतिपय ट्यारिफ वा अन्य देशका आयातमा लगाइएको शुल्क अवैध भएको फैसला सुनाएको छ । फैसलाले ट्रम्पले ‘पारस्परिक ट्यारिफ’ भनेर विश्वभरका धेरैजसो देशमा लगाएका शुल्कका साथै चीन, मेक्सिको र क्यानडामा लगाएका अन्य ट्यारिफलाई समेट्छ । तर यो फैसलाले स्टील र अल्युमिनियमको आयातमा लगाइएका अन्य ट्यारिफलाई छुँदैन किनभने ती…