मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युक्रेनलाई अत्याधुनिक हतियार पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

युक्रेनलाई अत्याधुनिक हतियार पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

न्यूजस्टोरी

युद्धविरामका लागि निरन्तर पहल गरिरहँदा पनि युक्रेनमा रुसले आक्रमण नरोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग असन्तुष्ट देखिनु भएको छ ।

राष्ट्रपति ट्रम्पले युक्रेनलाई ९पैट्रियट एअर डिफेन्स सिस्टम० हवाई प्रतिरक्षा प्रणाली पठाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

ट्रम्पले युक्रेनलाई महँगो र अत्याधुनिक हतियारहरू पठाउने घोषणा यसअघि नै गरिसक्नु भएको थियो ।

नाटोमार्फत युक्रेनलाई मिसाइल र गोलाबारुद आपूर्ति गरिने बताउँदै उहाँले ५० दिनभित्र शान्ति सम्झौता नभए रुससँग व्यापार गर्ने देशहरूलाई शतप्रतिशत भन्सार कर लगाउने चेतावनी दिनुभएको छ ।

नाटो प्रमुख मार्क रुटेसँग भेटपछि ट्रम्पले युक्रेनलाई सहयोग गर्न अमेरिकाले युरोपेली देशहरूलाई आफ्ना पैट्रियट रक्षा प्रणाली पठाउन अनुरोध गरेको बताउनु भयो ।

रुटेले युक्रेनलाई आवश्यक सैन्य सामग्री आपूर्ति गरिने र यसको खर्च युरोपले बेहोर्ने जानकारी दिनुभएको खबरमा उल्लेख छ ।

ट्रम्पको यो घोषणा पछिल्लो पटक रुसप्रति आक्रोशपूर्ण शैलीमा आएको हो । उहाँले रुसका राष्ट्रपति पुटिनलाई ‘कडा मान्छे’ भन्दै वार्ताले मात्र केही नहुने बताउनु भएको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ट्रम्पको समर्थनप्रति धन्यवाद दिँदै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

रुसको प्रतिक्रिया औपचारिक रूपमा आइनसके पनि रूसी विश्लेषकहरूले ट्रम्पको घोषणालाई खाली धम्की भनेका छन । रुस युक्रेन युद्ध तीन वर्षदेखि चलिरहेको छ ।

अमेरिकाले यसअघि युक्रेनलाई हतियार रोक्ने घोषणा गरेको थियो । तर आफ्नै घोषणालाई खारेज गर्दै ट्रम्पले नयाँ सम्झौता गर्नुभएको हो ।

नयाँ सम्झौतामा अमेरिकाले युक्रेनमा पठाउने केही हतियारका लागि नाटोले अमेरिकालाई भुक्तानी गर्ने उल्लेख छ ।