मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी युद्धविराम प्रस्तावमाथि तत्काल वार्ता गर्न हमास तयार

अमेरिकी युद्धविराम प्रस्तावमाथि तत्काल वार्ता गर्न हमास तयार

न्यूजस्टोरी

प्यालेस्टिनी विद्रोही समूह हमासले अमेरिकी युद्धविराम प्रस्तावमाथि तत्काल वार्ता गर्न तयार रहेको जनाएको छ । हमासले गाजा युद्धविराम र बन्धकहरूको रिहाइसम्बन्धी नयाँ अमेरिकी प्रस्तावलाई सकारात्मक प्रतिक्रिया दिएको बताएको बीबीसीले जनाएको छ ।

हमासले विज्ञप्ति जारी गर्दै तत्काल वार्ताका लागि तयार रहेको बताएको छ । वार्तासँग परिचित एक प्यालेस्टिनी अधिकारीले हमासले प्रस्तावको रूपरेखा स्वीकार गरेको बताएका छन् ।

यद्यपि हमासले अमेरिकी प्रस्तावमा संशोधनको माग गरेको छ । यसबारेमा अमेरिका र इजरायलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो गाजामा अर्को हप्तासम्म युद्धविराम सम्झौता हुन सक्ने बताउनुभएको थियो । ट्रम्पले गएको मङ्गलवार इजरायलले ६० दिनको युद्धविरामका लागि शर्तहरू स्वीकार गरेको बताउनुभएको थियो ।

ट्रम्पले हमासलाई यो प्रस्ताव स्वीकार गर्न आग्रह गर्नुभएको थियो । यदि हमासले यो प्रस्ताव अस्वीकार गरे स्थिति बिग्रन सक्ने उहाँले चेतावनी दिनुभएको थियो ।

युद्धविराम प्रस्तावमा हमासले १० जीवित इजरायली बन्धकको क्रमिक रिहाइ र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा १८ अन्य बन्धकको शव समावेश गर्ने खबरमा उल्लेख छ । यस्तै संयुक्त राष्ट्रसङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको संलग्नतामा गाजामा पर्याप्त मात्रामा मानवीय सहायता उपलब्ध गराउने कुरा पनि प्रस्तावमा छ ।